१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

भरुवा बन्दुक सहित दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९

ABC (क्राईमबिट)                                                रिब्दिकोट गाउँपालिका–६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा बन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा  तिनाउ गाउँपालिका६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

error: Content is protected !!