०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जाेगायाे,

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

ABC ( Sanchar)                                               आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएकाे छ ।

नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयाे । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा साेमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।

याे जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जाेगाएकाे छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाकाे शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगकाे हारसँगै यूएईकाे एकदिवसीय मान्यता खतरामा परेकाे छ । अब यूएईले एकदिवसीय मान्यता जाेगाउन बाँकी दुई खेलमा ठूलाे अन्तरले जित हात पार्नुपर्ने हुन्छ । ३४ खेलमा ३१ अङ्क भएकाे यूएई तालिकाकाे छैटाैँ स्थानमा छ । पाँचाैँ स्थानमा रहेकाे अमेरिकाकाे ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

याे जितसँगै नेपालले शीर्ष तीनमा रहँदै साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । अब नेपालले लिग–२ काे अन्तिम शृङ्खलाकाे बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि साेमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलाे र दाेस्राे स्थानमा रहँदै साेझै विश्व कप खेल्नका लागि छनाेट भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!