१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

जापानका प्रधानमन्त्रीमाथि आक्रमण

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

(ABC-Sanchar)
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेला ठूलो विष्फोटको आवाज सुनिएको छ । यसपछि उनलाई त्यहाँबाट सुरक्षितरुपमा निकालिएको छ । यो घटना देशको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो। प्रधानमन्त्री किशिदामाथि स्मोक बम प्रहार भएको बताइएको छ ।

टिभी फुटेजमा अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट टाढा लगेको देखाइएको छ। एक प्रत्यक्षदर्शीका अनुसार उनले एक व्यक्तिलाई केहि फ्याँकिरहेको देखे, जसबाट पछि धुवाँ निस्किरहेको थियो। सोही क्रममा केहीले ठूलो बमको आवाज सुनेको बताएका छन् । रिपोर्टका अनुसार प्रधानमन्त्री किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो ।
तस्बिरमा तीनजना प्रहरी अधिकारीले एक संदिग्धलाई भुइँमा लडाएर समातिरहेको देखिन्छ । प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । तर, यसबारे थप जानकारी दिन भने प्रहरीले अस्वीकार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा कवचमा लगिएको थियो । यसै क्रममा जापानको आधिकारिक मिडिया एनसीएचकेका अनुसार घटनास्थलमा प्रहरीले एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको देखिएको छ । भिडिओ फुटेजमा भीड भागिरहेको र धेरै पुलिस अधिकारीहरूले एक व्यक्तिलाई भुइँमा लडाएको देखाइएको छ।

गत वर्ष जुलाईमा देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको थियो । सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागमा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!