३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

सांसद बन्दा उपसभापति अर्याल र महामन्त्री ढकाललाई ३ करोड बुझाएको खुलासा ढाकाकुमार

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन्।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन्।

‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्, तीन करोड पैसा दिनुहोस् भनेपछि नाई भन्ने कुरै भएन,’ उनले भने, ‘मैले सुरुमा मुकुलजीलाई एक करोड दिएँ। उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो। पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ।’

‘मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकेँ,’ ढाकाकुमारले भने, ‘तर अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो।’

विवादित मेडिकल व्यवसायी प्रसाईंसँग घुस मागिएको भनिएको ‘कथित टेलिफोन संवाद’को आवाज आफ्नो नभएको उनले स्पष्ट पारेका छन्। ‘मैले पार्टीको लागि पैसा सक्काएको छु। सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु। तर कसैबाट एक–रुपैयाँ मागिनँ,’ उनले भने।

रास्वपाबाट निष्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन्। अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बहस नगर्ने बताइरहेका ढाकाकुमारले आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन्। ‘मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ उनले भने।

(निष्कासित सांसद ढाकाकुमारको बोली

‘भर्खरै पार्टीमा जोडिएको थिएँ, मेरो कसैसँग चिनजान पनि थिएन। सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भटघाट भएको थियो। उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ। पार्टीले समानुपातिक सूची तयार पार्दै थियो। उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि, आर्थिक अवस्था, अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयोरु मैले सबै भनिबताएँ, अनि कुराकानी सकियो।

अर्कोदिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो, उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो। त्यहाँ चाहीँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरियो थियो१ म महिलो नम्बरमा भएको बताउनुभयो। मैले पनि सहमति जनाएँ। मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो, मैले पनि हुन्छ भनेँ। ऋण कारेर जम्मा गरेको पैसा, काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ। अनि समानुपातिक सांसद बनेँ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!