२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

DIG SSP रणनीति आदेश ब्यबस्थापनको तेस्रो प्रशिक्षण समूहको समापन कार्यक्रम

Logo
प्रकाशित बिहिबार, जेठ २५, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भएको २१ कार्यदिन अवधीको “Strategic Command and Management (SCM) (DIGP/SSP)Training” तेस्रो समूहको समापन कार्यक्रम आज मिति २०८०/०२/२५ गते नेपाल प्रहरी संगठनका निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री टेक प्रसाद राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दिक्षित भई जाने प्रहरी अधिकृत (प्र.ना.म.नि/प्र.व.उ) ज्यूहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना सहितको निर्देशन सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा प्रमुख अतिथीज्यूले नेपालको संविधान, प्रचलित ऐन तथा कानुन,संगठनको मूल्यमान्यतालाई आत्मसाथ गर्दै संगठनको रणनीतिक एवं कार्यनितिक योजनालाई व्यवहारमा कार्यान्वयन गरी देश र नागरिकको सेवामा आफ्नो ज्ञान, सीप र विवेकको प्रयोग मार्फत उत्कृष्ठ प्रहरी सेवा प्रवाह गरी संगठनको गरिमा उच्च राख्न सदैव समर्पित रहन निर्देशन दिनुभयो । साथै उक्त तालिमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अथक मेहनत गर्नुहुने तालिम संयोजक प्रहरी नायव महानिरीक्षक श्री रविन्द्र के.सी.ज्यू र उहाँको टिमको प्रशंसा गर्नुभयो ।

समापन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक तथा उक्त तालिमका तालिम संयोजक श्री रविन्द्र के.सी.ज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]