०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

यूएईमा चालकले रातो बत्तीको नियम पालना नगरेमा १८ लाख रुपैयाँ जरिबाना

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

(ABC-Sanchar)

काठमाडौँ । चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम अर्थात् झण्डै १८ लाख रुपैयाँ जरिबाना र डिपोर्ट हुने भएको छ ।

यूएईमा हेभी ड्युटी ट्रक चालकले नियम पालना नगरे उक्त जरिबाना र डिपोर्ट हुने भएको हो ।

 

युएईले आफ्नो ट्राफिक नियमको विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलङ्घन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो ।

लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सिजसमेत गर्न सक्ने जनाइएको छ ।

यसका साथै यदि कसैले गति नियन्त्रणका लागि सवारीको जानाजान मोडिफाइ गरेमा, नम्बर प्लेट बिना चलाएमा वा ठुलो आवाजसहित चलाएमा पनि कारबाही हुने छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!