१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङ र बाँकेको सिमानामा पुलमा रहेको खाल्डो छल्ने क्रममा ट्रक दुर्घटना डाईभर घाइते

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

 

(ABC-Snchar)

दाङ । पुर्व पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटनामा परेको छ । भैरहवाबाट रासायनिक मल लगेर बाँके बाँकेको नेपालगंजतर्फ जाँदै गरेको लु.१ ख. ८६०९ नं को ट्रक शिवखोलाको पुलबाट खोलामा खसेको हो ।

पुलमा रहेको खाडल छ्ल्ने क्रममा अनियन्त्रित भएर ट्रक खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रक खोलामा बिहान ४ः३० बजेको समयमा खसेको थियो । दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका छन् ।

घाइते चालक चौधरी ट्रकले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । उद्धार कार्यमा प्रहरी, नेपाली सेनालगायतका खटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!