२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी प्रदेशका कानुन मन्त्री पाण्डेय द्वारा राप्तीका विभिन्न स्थानहरुकाे निरीक्षण

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

 

(तुल बहादुर कवँर मगर)

दाङ । भालुवाङ्ग लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ्ग स्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गर्नु भएको छ।

मन्त्री पाण्डेयले भालुवाङ्गमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र भालुवाङ्ग नगर विकास समिति भवनको पूर्व तर्फ आँपखाेली ठाडाे खाेलाका कारण गएको पहिरोकाे निरीक्षण गर्नु भएको हाे।

मन्त्री पाण्डेयले प्रहरी कार्यालयकाे कम्पाउड ,मेश,सम्बन्धित शाखाहरुकाे निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई बिभागय निति सम्बन्धमा मार्गदर्शन एवम् अपराध राेकथाम नियन्त्रण,शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनु भएको थियोे।

त्यस्तै पहिराे गएको स्थनको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिराे नियन्त्रणको लागि काम थालिने बताउनुभयो ।

यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण सँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जाेडिएका सिसि क्यामेराहरु मर्मत सँगै आवश्यक स्थानहरुमा क्यामेरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गर्नु भएको थियोे ।

निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेय सँगै
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर १का वडा अध्यक्ष गेम बहादुर खड्का, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह ,स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतकाे सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!