२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जिल्ला प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच

Logo
प्रकाशित सोमबार, साउन १५, २०८०

ABC (क्राईमबिट)
भैरहवा । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले बताउनुभयो ।

शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट प्रहरी कर्मचारी तथा प्रहरीले स्वास्थ्य सेवा लिएको प्रहरी उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

शिविरमा निःशुल्क रगत परीक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो । सधैँ तनावमा खटिने प्रहरीले आफू पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परीक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामु अर्यालले बताउनुभयो । “यो नियमित परीक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रत्येक दुई–तीन महिनामा हामीले स्वास्थ्य शिविरहरू आयोजना गरी प्रहरीको स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

शिविर पूर्णरुपमा निःशुल्क रहेको र विशेषज्ञ चिकित्सक सहितको टिमबाट परामर्श तथा स्वास्थ्य सेवा दिएको साथै यही नै रगत परीक्षणको नमुना पनि लिएको युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले बताउनुभयो । शिविरमा कसैलाई केही समस्या देखिए त्यसको थप उपचारका लागि मेडिकल कलेजले भने सहुलियत दरमा २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

व्यस्तताका समयमा स्वास्थ्य संस्थासम्म पुगेर चेकजाँच गर्न असमर्थ प्रहरी कर्मचारीहरूलाई मेडिकल कलेजले समय समयमा प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरूलाई कार्यालयभित्र सेवा लिँदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताउनुभयो । आफूमा भएको समस्या वा स्वस्थ छु भन्ने ढुक्क हुनका लागि स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा प्रहरीहरूले खुसी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!