२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्युठानमा सरकारी गाडीको चरम दुरुपयोग २ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

 

(ABC-Sanchar)

प्युठान । सरकारी कामकाज बाहेक व्यक्तिगत प्रयोजनका लागि समेत सरकारी गाडी प्रयोग हुन थालेका हुन ।
मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट युवासंगठनको नेतृत्वले नियन्त्रणमा लिएको हो । लामो समयदेखि कवर्डहलमा ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारी मोटरसाइकल दुरुपयोग गरिरहेको पाईएकाले रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको युवा संगठनका केन्द्रीय सदस्य विरबल ‘सि’ ले बताए ।
सरकारी सेतो नम्बर प्लेटका लु १ ब २५६७, लु १ ब २५६८ र लु १ ब २्०४९ नम्मरका मोटरसाइकलहरु ईलाका प्रहरी कार्यालयलाई बुझाएको विरबलको भनाई छ ।लु १ ब २०४९ नम्मरका मोटरसाइकलसव डिभिजन वन कार्यालय बिजुवारका ईन्चार्ज मनोज चौधरी र लु १ ब २५६७ , लु १ ब २५६८ दुई मोटरसाईकल जिल्ला अस्पताल बिजुवारका लेखापाल कृष्ण श्रेष्ठ र हलुका सवारी चालक पदका कर्मचारी संकल्प पन्थीले पुण्ड्यखोला स्थित कवर्डहलमा खेल खेल्न जाँदा लगेर दुरुपयोग गरेको उजुरीपछि मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]