२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

निरन्तर वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै सचेत हुन आग्रह

Logo
प्रकाशित सोमबार, साउन २९, २०८०


(ABC-Sanchar)
कर्णाली । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ।

पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ। गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरे।

“पहाडी क्षेत्रमा भारी वर्षा भएको छ। नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ”, उनले भने, “यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला।”

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिए।

यस्तै विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिए।

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन्।

“पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौं”, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भने, “तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौं।”

टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ। पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए।

“नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्”, उनले भने, “यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन्।”

टीकापुर पार्क सीमामा बिग बोल्डर हालिँदै

नदीमा पानीको बहाव बढ्दै गएपछि कटान तीव्र पारिएको टीकापुर-५ स्थित टीकापुर पार्कको सिमानामा नगरपालिकाले बिग बोल्डर हाल्न थालेको छ। नदी कटान तीव्र हुँदा पार्क र बस्ती जोखिममा परेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजना र पालिका मिलेर बिग बोल्डर (ठूला ढुंगा) हालेर तटबन्ध थालिएको छ।

सिँचाइ आयोजनाले ठेक्का लगाएका निर्माण व्यवसायीले तटबन्ध निर्माण नगर्दा बस्ती जोखिममा परेको हो। निर्माण व्यवसायी काममा नआएपछि आयोजना र पालिकाबीच भएको छलफलले आफैंले काम गर्ने सहमतिअनुसार काम थालिएको हो।

“बस्ती सखाप हुने जोखिम बढेपछि आइतबारबाट सिँचाइ आयोजना र पालिकाका साधन प्रयोग गरी बिग बोल्डर हाल्न थालिएको छ”, वडा नं ५ का वडाध्यक्ष बलबिर थारुले भने, “यो कार्य निरन्तर जारी रहन्छ, लम्कीचुहा र बर्दगोरिया गाउँपालिकाबाट ढुंगा ल्याएर नदी नियन्त्रणको प्रयास हुँदैछ।”

सिँचाइ आयोजनाले नदी कटानको जोखिममा रहेका पाँच क्षेत्रमा नदी नियन्त्रणका लागि बिग बोल्डर हाल्न गएको चैतमै ठेक्का लगाएको थियो। अन्य ठाउँका निर्माण व्यवसायीले काम थाले पनि टीकापुर-५ मा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले काम नगर्दा समस्या निम्तिएको आयोजनाले जनाएको छ।

“कर्णाली नदीको मुहानदेखि नै जथाभावी नदी उत्खनन गर्दा आज टीकापुर, जानकी पालिका नदी कटानको जोखिममा परेका हुन्”, सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले भने, “हामीले समयमै ठेक्का लगाएका हौं, पटकपटक अनुरोध गर्दा पनि निर्माण व्यवसायी आएनन्, तत्काल कटान नियन्त्रण गरौं, बाँकी कार्यालयले निर्माण व्यवसायीलाई कारबाहीलगायतका पक्रिया अघि बढ्छन्।”

कर्णाली नदीमा बिग बोल्डर हाल्न थालिएपछि स्थानीय ढुक्क भएका छन्। “नदी कटान तीव्र भएपछि केही दिनदेखि त्रासमा थियाैं”, स्थानीय सरोज चौधरीले भने, “नदी फुटेमा कर्णाली नै बस्तीमा बग्ने खतरा छ। पार्क सखाप हुन्छ। टीकापुरका धेरै वडाको पहिचान सकिन्छ।” रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]