०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपालली रक्सी भारतमा तस्करी

Logo
प्रकाशित बुधबार, साउन ३१, २०८०

(ABC-Sanchar)

बिर्तामोड । नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ ।

नेपाल भारत सीमास्थित झापा गाउँपालिकामा २ स्थित कुवाडी सडक बारी सडक खण्डबाट भारततर्फ लैजाँदै गरेको सवारीसहित सशस्त्र प्रहरीद्वारा २ लाख ९३ हजारको मदिरा बरामद गरिएको छ । सशस्त्र प्रहरीले भारततर्फ लगिरहेको ठुलो परिमाणकाे मदिरा झापा गाउँपालिकाबाट बरामद गरेसँगै सीमावर्ती नाकाबाट मदिरा तस्करीको घटना बढेको पाइएको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट प्रहरी निरीक्षक दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा २ स्थित कुवाडी सडक खण्डबाट एक गाडी मदिरा बरामद गरेको हो ।

सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा बा २१ च ५०६० नम्बरको पिकअपमा पछाडि लुकाइछिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको मादक पदार्थ गोरखा बियर, टुबोर्ग, ८८४८ रक्सी लगायत नाम गरेका मादक पदार्थ बरामद गरेको हो । सशस्त्रले मदिराको बिलबिजक केही नभएको जनाएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजस्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा १ लसुना बाट प्र १—०१—००१—७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो । भारतको बिहार राज्यमा मदिरा पूर्ण रूपमा प्रतिबन्ध छ । त्यसैले झापाका नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिने गरेको छ । यस क्षेत्रबाट मादक पदार्थ तथा अन्य सामग्रीहरू चोरी तस्करी हुँदा सीमामा खटिएको सशस्त्र प्रहरी र चोरी तस्करी कार्यमा सङ्लनबिच पटक पटक झडप हुँदै आएको छ ।

यता नेपालको पूर्वी नाका काँकडभिट्टा नाकामा भन्सार कार्यालयले १ सयभन्दा बढीको सामानमा भन्सार लगाउने निर्णय गरेसँगै चोरी पैठारीका संग्लनहरुको यस नाकालाई प्रयोग गर्न थालेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!