
(सागर थापा)
दाङ । नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना २०८०/ २०८१ सार्वजनिक गरिएको छ ।
नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्ग निर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङको आयोजित एक कार्यक्रम बीच उक्त कार्ययोजना लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीले लुम्बिनी प्रदेश मातहत जिल्लाका प्रहरी प्रमुखहरू बिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले जानकारी दिनुभएको छ ।