०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मानगरिएको छ

Logo
प्रकाशित बुधबार, साउन ३१, २०८०

नेपालगञ्ज / नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई आज नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ । बुधबार नेपालगन्जस्थित होटल सोनाखरीमा न्यूज फ्ल्यास खबर डटकमले नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकालसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो ।

न्यूज फ्ल्यास खबरका प्रकाशक/सम्पादक मो. अरशद शेष राईको अध्यक्षता तथा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईंको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित सबैलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष प्रेम केसीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । उनले संगठनलाई सशक्त, गतिशील र चलायमान बनाउँदै अघि बढ्न आग्रह गर्दै मर्यादा र अनुशासन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी र सदस्य गौरब गिरीले सबैलाई समेटेर जुझारु ढंगले संगठनलाई अघि बढाउन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै व्यवसायिक हकहित र पेशागत सुरक्षाका लागि खरो उत्रनु पर्नेमा जोड दिए । पत्रकार महासंघमा युनियनको सशक्त उपस्थितिका लागि योजनाबद्ध ढंगले काम गर्न आग्रह समेत गरे ।

नवनिर्वाचित अध्यक्ष ढकालले संगठनलाई चलायन बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई समेटर अघि बढ्ने बताए । स्वागत तथा सम्मानका लागि उनले न्यूज फ्ल्यास खबर परिवारप्रति कृतज्ञता व्यक्त गरे । न्यूज फ्ल्यास खबरका सम्पादक राईले नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै बधाई ज्ञापन गरे । उनले सफल कार्यकालको शुभकामना दिए । सूर्यलाल यादवले सञ्चालन गरेको कार्यक्रममा सन्तोषकुमार गुप्ताले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!