०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

मकवानपुरमा आफैँले आफ्नो (लिङ्ग) काटेर १ जना युवक घाइते

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०

ABC (क्राईमबिट)
हेटौँडा । मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ।

आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए।

अस्पताल पुगेका हुमागाईं आफूले राति १० बजेतिर आफ्नो लिङ्ग काटेको बताएका थिए। हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ। प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन्। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!