०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकारी रोक्न नेपाली सेनाको २४ औ घन्टा गस्ती

Logo
प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रूपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो ।

विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि हालसम्म श्री अर्जुनवाण गणले निकुञ्जको सुरक्षा गरिरहेको छ । सेनाले निकुञ्जभित्र भौतिक पूर्वाधार निर्माण गर्ने, २४सै घण्टा पैदल तथा साइकल गस्ती, गाडीबाट पेट्रोलिङलगायत सुरक्षाका क्षेत्रमा काम गरिरहेको अर्जुनवाण गणका प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको २०७९/८० मा सेनाले एक लाख ७७ हजार सात सय पाँच किलोमिटरको दूरीमा १५ हजार चार सय ९३ पैदल गस्ती गरेको छ ।

 

उक्त गस्तीमा छ सय ४५ सवारीसाधन प्रयोग भएका गणपति खड्काले जानकारी दिए । उनका अनुसार गस्तीमा प्रयोग भएका सवारीसाधनले करिब २४ हजार एक सय ३५ किलोमिटरको दूरीमा गस्ती गरेका थिए ।

गणपति खड्काका अनुसार निकुञ्ज क्षेत्रमा दुई हजार चार सय ४८ साइकल, चार वटा डुङ्गा, ११ हात्तीको प्रयोग गरेर गस्ती गरिएको थियो । डुङ्गाले तीन सय ५१ किमी तथा हात्तीको प्रयोगबाट एक सय २२ किमीको दूरीमा गस्ती गरिएको उनले जानकारी दिए ।

गणपति खड्काका अनुसार गत आवमा वन्यजन्तु र मानवबिचको द्वन्द्वमा मानवीय क्षति भएको तथ्याङ्क शून्य रहेको छ । “गत आवमा वन्यजन्तुद्वारा मानवीय क्षति भएको तथ्याङ्क शून्य छ”, उनले भने, “यसलाई हाम्रो सफलताका रूपमा लिएका छौँ ।”

महेन्द्र राजमार्गअन्तर्गत निकुञ्जलाई छोएर दैनिक एक हजार छ सयदेखि १७ सय गाडीको ओहोरदोहोर हुने जनाउँदै उनले यात्रुको भेषमा वन्यजन्तु चोरी सिकारका लागि केही पनि आउनसक्ने भएकाले छ ठाउँमा सिसिटिभी जडान गरिएको जानकारी दिए। गणपति खड्काका अनुसार राजमार्गमा गुड्ने सवारीसाधनलाई प्रवेश गराउने क्रममा वन्यजन्तु नतर्सियोस् भन्नका लागि ‘भेइकल ट्रयाकिङ एण्ड रिकगनेसन सिस्टम’ (भिटिआरएस) को व्यवस्था गरिएको छ ।

निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु संरक्षणका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सुरक्षित खाना र बासस्थानकोसमेत व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । उनका अनुसार वन्यजन्तुका लागि पानी पोखरी, बाघको बासस्थान, वन्यजन्तुका लागि घाँसे मैदान, जैविक मार्गलगायत अन्य भौतिक संरचना निर्माण गरिएका छन् ।

निकुञ्ज स्थापना भएसँगै बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो मानिएको संरक्षण अधिकृत साहले बताए । बाघका लागि खाना तथा पानीको उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या पनि बढेको उनको भनाइ थियो । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१० मा चार बाघ रहेकामा सन् २०१८ मा २१ र सन् २०२२ को गणनाअनुसार २५ बाघ रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आहारविहार, सुरक्षित बस्ने ठाउँ, पानीका लागि पोखरीको व्यवस्था गरेसँगै बाघको सङ्ख्यामा वृद्धि भएको बताए उनका अनुसार निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी वन्यजन्तु तथा प्राकृतिक दृश्यावलोकन सहज र सुरक्षितरुपमा गराउने उद्देश्यले हालसम्म १८ मचान निर्माण गरिएका छन् ।

निकुञ्जमा वर्षाको पानी सङ्कलन हुनेगरी प्राकृतिक पानी पोखरी र सोलारबाट सिञ्चित हुने गरी दुई किसिमका पानी पोखरी निर्माण गरिएको सूचना अधिकारी भुसालले जानकारी दिए। उनका अनुसार निकुञ्जभित्र ६० प्राकृतिक पोखरी र नौ वटा बोरिङसहितका पोखरी छन् ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चुरीसँग जोडिएको सूचना अधिकारी भुसालले जानकारी दिए । उनका अनुसार उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व-पश्चिम राजमार्गका साथै कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्ड लाइफ सेन्चुरी क्षेत्रसँग सिमाना जोडिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ‘हात्ती सफारी’ सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउँदै विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताए ।

मध्यवर्ती क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गवार र गाभरमा होमस् निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

बाँके राष्ट्रिय निकुञ्ज बाँकेको स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रूपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो ।

विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि हालसम्म श्री अर्जुनवाण गणले निकुञ्जको सुरक्षा गरिरहेको छ । सेनाले निकुञ्जभित्र भौतिक पूर्वाधार निर्माण गर्ने, २४सै घण्टा पैदल तथा साइकल गस्ती, गाडीबाट पेट्रोलिङलगायत सुरक्षाका क्षेत्रमा काम गरिरहेको अर्जुनवाण गणका प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

error: Content is protected !!