०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा हिंसामा ३ जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

(ABC-Sanchar)

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।

मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको ज्यान गएको छ’, उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा अहिलेसम्म राज्यमा एक सय ५० जनाभन्दा बढीको ज्यान गएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

error: Content is protected !!