०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपाल प्रहरीका ५ एआईजीहरुको सरुवा प्रदेशहरुको डिआईजीको सरुवाको तयारी

Logo
प्रकाशित शनिबार, भाद्र ०२, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गत मंगलबारको मन्त्रीपरिषद बैठकको माइन्युटमा नेपाल प्रहरीका पाँच एआईजीहरुको सरुवाको समेत निर्णय भएको बुझिएको छ ।

उक्त निर्णय अनुसार काठमाडौं उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई दिईएको छ । नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको परिचय बनाएका एआईजी थापा डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालिसकेका छन् ।

यस अघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका एआईजी श्यामलाल ज्ञवालीको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ । एआईजी ज्ञवालीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको करिब साढे ४ महिना मात्र भएको थियो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईलाइ मानवस्रोत बिकास विभागमा सरुवा गरेको छ ।

त्यस्तै कार्य विभागमा कार्यरत एआईजी मिरा चौधरीलाई प्रशासन बिभाग प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ ।

एआईजी सरुवासंगै सरकारले प्रदेश प्रमुख रहेका चार डीआईजी र केही एसएसपीहरुको हरुको सरुवा गर्ने तयारी थालेको छ । उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर देखिएका मधेस, बागमती र लुम्बिनी प्रदेशका प्रमुख रहेका डीआईजीहरुको सरुवाको तयारी थालिएको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशको लागि डीआईजीहरु कुबेर कडायत, बिष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, बिकासराज खनाल र सुरेन्द्र मैनालीबिच प्रतिस्पर्धा देखिएको छ । गृहमन्त्रालयले गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङको कार्यकाल पुरा भई सकेकोले उनको ठाउँमा डीआईजी बिकासराज खनाललाई पठाउन चाहेको बुझिएको छ ।

मन्त्रालयले काठमाडौं प्रहरीको कमान्ड पनि परिवर्तन गर्ने तयारी गरेको बुझिएको छ । उच्च स्रोतका अनुसार रवि लामिछाने गृहमन्त्री हुँदा उनैको मुद्दा मिलाउने शर्तमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी दानबहादुर कार्कीलाई हटाएर एसएसपी भुपेन्द्र बहादुर खत्रीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ । त्यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर र ललितपुर प्रहरी प्रमुखमा एसएसपी दिनेशकुमार आचार्यको सरुवा हुने बुझिएको छ । एसएसपीत्रय आचार्य, खत्री र राठौर नेपाल प्रहरीमा ब्यबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

error: Content is protected !!