०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

त्रिशुलीमा हाम फाल्ने परियारको सशस्त्र प्रहरीद्वारा सकुशल उद्दार गरि अस्पतालमा भर्ना

Logo
प्रकाशित आइतबार, भाद्र ०३, २०८०

(ABC-Sanchar)
काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए ।

उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले रोप रेस्क्यु बिधिबाट उनलाई जिवितै उद्धार गरीएको सशस्त्र प्रहरी बलले जनाएको छ।

उद्धारलगत्तै सशस्त्र प्रहरीको टोलिले उपचारको लागी मुग्लिन हाईवे अस्पतालमा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनी के कति कारणले हाम फाल्न खोजे भन्ने हालसम्म खुल्न सकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल (एपीएफ) को सीमा सुरक्षा गुल्ममा भएको सुरक्षासम्बन्धी गम्भीर घटनापछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय काठमाडौं झिकाइएको छ। चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा उत्पन्न घटनालाई लिएर युनिट सुरक्षामा लापरबाही भएको ठहर गर्दै सशस्त्र प्रहरी बल मुख्यालयले […]

बाँके । नेपालगंज उ.म.न.पा.१२ बेलासपुरमा भारतबाट अबैध रुपमा ल्याएको २५ (पच्चिस) कि.ग्रा. बराबर प्रयास जातको माछा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईन नेपालगंज बाँकेमा पठाईएको छ। यो अभियानले अवैध माछा आयात विरुद्ध कडाई गर्ने र स्थानीय माछा पालन उद्योगलाई संरक्षण गर्ने उद्देश्य राखेको छ। सम्बन्धित निकायले यस्ता अवैध गतिविधिहरु रोक्न कडाई गर्ने प्रयास गरिरहेको […]

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ । महाराजगन्जको वडा नं। २ र ३ को सीमा […]

error: Content is protected !!