०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

आसाम प्रहरीले ४ करोडभन्दा बढीको ६१ हजार बोतल कोरेक्स औषधी पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०३, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । आसाम त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो ।

‘लागूऔषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,’ अभियुक्तविरुद्ध प्रारम्भिक कानुनी कारवाही थालिएको जानकारी दिँदै करिमगञ्ज जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भनेका छन् ।

यसअघि पनि करिमगञ्ज जिल्लामा खोकीको प्रतिबन्धित सिरफका ३१ हजार बोतल जफत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

error: Content is protected !!