२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रुसी कमान्डरहरूको बैठकमा युक्रेनको हमला ९ जनाको मृत्यु ५० भन्दा धेरै घाइते

Logo
प्रकाशित आइतबार, आश्विन ०७, २०८०

(ABC-Sanchar)
काठमाडौं । रुसीमा युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलामा थप जानकारी साझा गरेको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो ।

एक संक्षिप्त बयान जारी गर्दै युक्रेनको सेनाले यस हमलामा कयौँको मृत्यु भएको र धेरै जना घाइते भएको दाबी गरेको छ । यो हमला रुसको ब्ल्याक सी फ्लीटका कमान्डरहरूको बैठकलाई निशाना बनाएर गरिएको उसको जिकिर छ ।

यता युक्रेनकै गुप्तचर प्रमुख क्रिलो बुडानोफका अनुसार हमलामा दुई शीर्ष कमान्डर गम्भीर रुपमा घाइते भएका छन् । उनले कम्तीमा ९ जना मारिएको दाबी पनि गरेका छन् ।

शुक्रबार रुसले हमलापछि एक सैनिक बेपत्ता बनेको बताएको थियो । क्राइमियाकाको सेवास्तेपोलमा रुसको ब्ल्याक सी फ्लीटको अड्डा रहेको छ । यसलाई रुसी नौसनाको सबैभन्दा राम्रो फ्लीट मानिन्छ ।

बीबीसीले युक्रेनी सेनाको स्रोतलाई उद्धृत गर्दै हमलामा स्ट्रोम स्याडो क्षेप्यास्त्र प्रयोग भएको उल्लेख गरेको छ । यो क्षेप्यास्त्र युक्रेनलाई बेलायत र फ्रान्सले दिएको हो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!