
(ABC-Sanchar)
दाङ । शुक्रबार बिहान पौने ९ बजेतिर घोराही उपमहानगरपालिका १५ भिंग्रली चोक नजिक लु ७६ प ८१४२ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फबाट आउदै गरेको रा १ प ९८५५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए ।
घाइते हुनेमा लमही नगरपालिका ४ निवासी २६ वर्षिय जग्दीश चौधरी, मोटरसाइकलमा सवार घोराही १७ निवासी ३२ वर्षिय सन्तोष चौधरी र सोही वडा निवासी १७ वर्षिय सुदन चौधरी (छातीमा चोट) रहेका छन् ।
उनीहरु तीनै जनाकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
साथै दुई वटै मोटरसाइकललाई नियन्त्रणमा लिएरु थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।