२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

पाकिस्तानमा सुरक्षाकर्मीमाथि आक्रमण हुँदा कम्तीमा १४ सैनिकहरुको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक १८, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । पाकिस्तान घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय राजमार्गमा सुरक्षा बलको काफिलामाथि आक्रमण भएपछि विवरण सङ्कलन र आवश्यक प्रतिक्रियाका लागि हाम्रो टोली त्यस क्षेत्रमा पुगेको छ ।”

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका छन् । एएफपीलाई प्राप्त तस्बिरमा जलेका शवहरू सडकभरि छरिएका देखिएका छन् तर यसबारे कसैले जिम्मेवारी लिइसकेको छैन ।

इरानको सीमादेखि कराँचीसम्मको समुद्री तटलाई पछ्याउने राजमार्गमा रहेको बलुचिस्तानको माछा मार्ने शहर पास्नी नजिकै सो आक्रमण भएको हो । बलुचिस्तानमा जातीय बलोच गुरिल्लाहरूले प्रान्तको समृद्ध ग्याँस र खनिज संसाधनहरूको दोहनको आरोप लगाउँदै सरकारसँग दशकौंदेखि सङ्घर्ष गर्दै आएको छ ।

बलोच समुदायले लामो समयदेखि प्रान्तको मुनाफाको उचित हिस्सा नपाएको गुनासो गर्दै आएका छन् । यसै अधिकारका लागि सङ्घर्ष गर्ने स्थानीयहरूबीचबाट पृथकतावादी समूहहरू जन्मिएका छन् ।

यसैबीच पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गरी भएको बम विष्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान शहरमा हालैका महिनाहरूमा हिंसात्मक घटनाहरू बढेको देखिन्छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!