१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
×

गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा अस्ट्रेलियामा दर्शकलाई माइक्रोफोनले हाने

Logo
प्रकाशित आइतबार, कार्तिक १९, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् ।

उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ ।

भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ (अस्ट्रेलिया) पहिलोपटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।

त्यसलगत्तै नेपालमा भूकम्प गएको र भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या भन्छन् । त्यसपछि मृत्यु हुनेका लागि मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई तारगेट गर्दै माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाउको दुख्नुको कारण के के हुन् काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि […]

काठमाडौं । *आमा कुकुरको अवस्था* आमा कुकुरले आफ्ना बच्चा गुमाउँदा मान्छेजस्तै शोक, डिप्रेसन र तनाव महसुस गर्छे। लास कुरेर बस्नु, खान-पिउन छोड्नु, रुने/भुक्ने गर्नु शोकका लक्षण हुन्। उसलाई अहिले सुरक्षा र साथ चाहिन्छ। *तपाईंले तत्काल के गर्न सक्नुहुन्छ:* 1. *लासको व्यवस्थापन*: बच्चाको लासलाई आमाले नदेख्ने ठाउँमा गाडिदिनुहोस्। लास अगाडि हुँदा आमाले ठाउँ छोड्दिन र अझ […]

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

error: Content is protected !!