०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । माइती घरदेखि बानेश्वर सम्मलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गर्दै लिखितरूपमा जवाफ दिन जिल्ला प्रशासनलाई भनेको हो।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न आदेश माग्दै रिट दायर गरेका थिए। विपक्षीहरुको लिखित जवाफ पेश परेपछि संयुक्त इजलासमा यी रिटहरुमाथि सुनुवाइ भई अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डलालगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) पक्षको युवा संघले एकैदिन पारेर माइतीघर केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि शान्ति सुरक्षा भड्किएर झडप हुन सक्ने आकलन जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ं र सुरक्षा निकायहरूको विश्लेषण थियो।

त्यसलाई मध्यनजरमा राख्दै काठमाडौं प्रशासनले गत सोमबार माइतीघर देखि नयाँ बानेश्वरसम्मलाई प्रदर्शन गर्न र पाँच जनाभन्दा बढी भेला हुन नदिने गरी निषेधित क्षेत्र तोकेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!