०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नेपालीहरुले पाउँदैनन् भारतमा सिमकार्ड किन ? सबै देशको नागरिकले पाउने ?

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नयाँ दिल्ली संसारका जुनसुकै मुलुकमा जाँदा पनि विमानस्थलमा वा प्रवेश विन्दुसँगसँगै विदेशी नागरिकहरुले सम्बन्धित देशका टेलिकम कम्पनीको सिमकार्ड किन्न पाउने व्यवस्था गरिएको हुन्छ । किनभने त्यो देशमा रहँदा सम्पर्कका लागि सिमकार्ड अति नै महत्वपूर्ण हुन्छ ।

तर नेपाल र भारतले एकअर्का देशका नागरिकलाई भोटिङको अधिकारबाहेक समान व्यवहार गर्ने गरे पनि नेपालीले भारतमा सिमकार्ड भने लिन पाउँदैनन् ।

हालै भारतको दिल्ली भ्रमणमा रहेका काठमाडौँका विपिन तिवारीले पनि त्यस्तै समस्या भोगे । भारतमा सिमकार्ड पाइहालिन्छ भनेर नेपालको नम्बरमा रोमिङ पनि एक्टिभ नगराई गएका उनले एअरपोर्टमा रहेको एअरटेलको बुथमा सिमकार्ड किन्न खोजे । त्यहीँबाट अन्य देशका नागरिकहरुले पासपोर्ट र अन्य काग़ज़ात बुझाएर सिमकार्ड लिइरहेका थिए । उनले पनि पासपोर्ट दिएर सिमकार्ड दिन अनुरोध गरे । तर पासपोर्ट पाउनेबित्तिकै एअरटेलका कर्मचारीले भने, ‘नेपाली पासपोर्टमा त सिमकार्ड दिन मिल्दैन ।’

नेपालीलाई चाहिँ सिमकार्ड दिन किन नमिल्ने ? भनेर तिवारीले प्रश्न गर्दा ती कर्मचारीले यसबारे विस्तृतमा आफूलाई थाहा नभएको तर सरकारले नै नदिनू भनेकाले कम्पनीले नदिने गरेको बताए । ‘रोमिङ नलिएकाले न फोन गर्न पाइयो, न त होटेल पुग्ने लोकेसन नै हेर्न सकियो,’ उनले भने, ‘होटेल भएको ठाउँ थाहा भएकाले ट्याक्सी लिएर त्यो ठाउँमा पुगेर होटेल खोजेर पत्ता लगाएँ ।’

अहिले दिल्लीमा उनले भारतीय साथीको मद्दतमा उनैको नाममा सिमकार्ड लिएर चलाइरहेका छन् । तर, भारतमा चिनाजानी केही नहुने भ्रमणकर्ता वा काममा जाने लाखौँ नेपालीहरुले भने त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।

औपचारिक भ्रमण वा बैठकमा भारत आउने सरकारी कर्मचारीहरुले समेत सिमकार्ड लिन नपाउने अवस्था रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ‘नेपालबाट नियमित रुपमा भारतको भ्रमणमा सरकारी अधिकारीहरु आइरहनुपर्छ । हामीले अत्यावश्यक पर्नेहरुलाई दूतावासमा कार्यरत भारतीय नागरिकहरुसँग मद्दत मागेर उनीहरुकै नाममा सिम निकालेर दिने गरेका छौँ । यसो गर्दा गर्दा एकै व्यक्तिको नाममा बीसौँ सीमकार्ड निस्किएका होलान्,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने

यसरी एक व्यक्तिको नामको सिमकार्ड अन्य व्यक्तिले प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । तर बाध्यताका कारण त्यसो गर्नु परेको उनले बताए ।

भारतका टेलिकम कम्पनीहरुको साइटमा पासपोर्ट तथा भिसाको कपी, एउटा फोटो तथा भारतमा आफ्नो साथी वा नातेदारको ठेगाना दिएपछि सिमकार्ड पाइने उल्लेख छ ।

कुराकानीमा भारतका अधिकारीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न भिसा आवश्यक नपर्ने तर भिसा नभइकन कम्पनीहरुले सिमकार्ड नदिने बताउने गरेको दूतावासका एक अधिकारी बताउँछन् । तर नेपालीहरुले सिमकार्ड लिएर दुरुपयोग गरेका घटनाहरु आएपछि भारतले सिमकार्ड नै दिन बन्द गरिदिएको उनको बुझाइ छ । नेपाली मात्रै होइन, भुटानी नागरिकहरुले पनि भारतमा सिमकार्ड लिन नसक्ने उनले बताए ।

यो समस्या समाधानका लागि पहल भइरहेको
भारतस्थित नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले बताए । ‘यस विषयमा भारतको विदेश मन्त्रालयबाट सकारात्मक जवाफ आएको छ, ‘उनले भने, ‘आशा छ चाँडै यसको समाधान निस्कन्छ ।’

दूतावासका डेपुटी चिफ मिसन डा. सुरेन्द्र थापाले भारत प्रवेश गर्न नेपालीलाई भिसा आवश्यक नपर्ने भएकाले पासपोर्ट, नेपाली नागरिकता वा सरकारले जारी गरेको अन्य कुनै परिचयपत्रका आधारमा सिमकार्ड दिने व्यवस्था गरिदिन दूतावासले विदेश मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए ।

तर भारतमा लामो समय बसेर काम वा व्यवसाय गरिरहेका र आधार कार्ड बनाएका नेपालीले भने सिमकार्ड लिन पाउँछन् । आधार कार्ड विदेशीहरुले पनि लिन पाउँछन् । नेपाली र भुटानी नागरिकले पासपोर्ट वा नागरिकताका आधारमा भारतमा आधार कार्ड बनाउन पाउँछन् । त्यसो हुँदा लामो समय भारतमा बस्नेहरुका लागि सिमकार्ड लिन समस्या नभए पनि यात्रा, उपचार तथा गाउँघरतिरबाट कामको सिलसिलामा जानेहरुले भने सास्ती बेहोर्ने गरेका छन् ।

शुरुमा काम गर्न आउँदा दुई तीन महिना नै सिमकार्ड लिन नपाएर घरमा सम्पर्कसमेत गर्न नपाएको दिल्लीस्थित करोलबागमा भेटिएका जाजरकोटका निरज शाहीले गुनासो गरे । ‘हामी यहाँ चारजना साथीहरु सँगै बस्छौँ, एउटाको मात्रै आधार कार्ड छ सबैले उसैको नामबाट सिमकार्ड निकालेर चलाइरहेका छौँ,’ उनले भने ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!