०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

ग्रिसमा मालवाहक जहाज आँधीबेहरीका कारण डुब्यो १४ जना मानिसहरु बेपत्ता

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १०, २०८०

ग्रिसमा मालवाहक जहाज आँधीबेहरीका कारण डुब्यो १४ जना मानिसहरु बेपत्ता

(ABC-Sanchar)
काठमाडौँ । ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ ।

जहाज नुनले भरिएको थियो । हराइरहेका चालक दलका सदस्यहरूमा दुई जना सिरियाली, चार जना भारतीय र आठ जना इजिप्टका नागरिक रहेका छन् । डुबेको जहाज र हराइहेकाहरूको खोजी भइरहेको एएफपीले जनाएको छ ।

ग्रिसको तटीय क्षेत्रमा हिजो आएको आँधीका कारण कैयौँ जहाज प्रभावित भएका थिए । ग्रिसको राष्ट्रिय मौसम विज्ञान सेवाले आपत्कालीन मौसमको चेतावनी जारी गरेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!