०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

साउदी पुगेका नेपाली श्रमिकले सम्झौता अनुसार काम र तलब नपाएर बिचल्लीमा

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ११, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु-याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ ।

त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन् । ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने ।

‘हामी यहाँ आएको करिब चार महिना भयो, दुई महिनाको तलब पाउनै बाँकी छ, हामी १०–१५ जना जति छौं यो फ्याक्ट्रीमा काम गर्ने,’ उनले राजधानीसँग भने, ‘हामीले आफ्नै पैसाले टिकट काटेर भए पनि नेपाल फर्किने भनेका छौं, तर कम्पनीले १० हजार रियाल माग्छ, त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु ? रियादस्थित नेपाली दूतावासमा पनि पटकपटक सम्पर्क गरियो, समस्याको सुनवाइ भएन, अब हामीले के गर्ने ? उद्धारमा आवश्यक सहयोग गरिदिनु प¥यो, कुनै राम्रो रोजगारदाता कम्पनी भेटिए पनि जाने थियौं ।’

पीडितले मेनपावरलाई आफूहरूलाई सम्झौताअनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन् । आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाइ नगरेको उनीहरूले बताएका छन् । मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत् वैदेशिक रोजगार विभागमा उद्धारका लागि निवेदन दिएको तर सुनवाइ नभएको उनीहरूले बताए ।

उनीहरूका अनुसार पशुपति एचआर सोलुसनलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाएर उनीहरू त्यहाँ गएका थिए । सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा लोड अनलोड कामका लागि त्यहाँ पुगेका उनीहरूलाई सम्झौतापत्रमा उल्लेख गरिएनुसारको कम्पनी नभेटेपछि अहिले गल्फ भिजन कम्पनीमा राखिएको छ ।

उनीहरूलाई मेनपावरले प्रतिदिन आठ घण्टा काम, प्रतिसाता एक दिनको बिदा र खाने बस्ने सुविधासहित मासिक १ हजार साउदी रियाल पाउने तथा साउदी जाँदा र फर्किँदा हवाई टिकट कम्पनीले बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ । तर, पनि १० हजार साउदी रियालको रसिद थमाएर मोटो रकम लिएर उनीहरूलाई त्यहाँ पठाइएको हो ।

एजेन्टले राम्रो काम भन्दै लोड अनलोड पठाएको, तर यहाँ आएपछि करारपत्रमा उल्लेख गरिएनुसारको कम्पनी नभई सप्लाई कम्पनी भएको उनीहरूले बताएका छन् । आफूहरू भनेअनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरूले घर फर्कने वातावरण मिलाइदिन, म्यानपावर तथा एजेन्टसँग पैसा फिर्ता गरी आफूहरूलाई न्याय दिलाइदिन विभिन्न संघसंस्था र अभियन्तालाई पटक–पटक अनुरोध गरेको भए पनि कतैबाट समस्या समाधान नभएको उनीहरूको भनाइ छ ।

नाम मात्रको दूतावास

पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटकपटक आफूहरू समस्यामा परेको भन्दै दूतावासले उपलब्ध गराएको नम्बरमा म्यासेज गर्दै उद्धारको अपिल गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरू समस्यामा पर्दा पनि मुकदर्शक भएको उनीहरूले आरोप छ । यस विषयमा पशुपति एचआर सोलुसन प्रालिका प्रतिनिधिसँग बुझ्दा खासै समस्या नभएको मात्र बताउने गरेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले बुझेर मात्र साउदी आउन अनुरोध गरेको छ ।

दूतावासले पछिल्ला दिनमा साउदीमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीले आफूले म्यानपावर र एजेन्टले भनेअनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्ने गुनासा आइरहेको जनाउँदै बुझेर मात्र आउन बेला–बेलामा सचेत गराउँदै आएको छ । राजधानी दैनिक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!