०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र सिराहाका एसपी प्रमोद भारती कारबाही

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १२, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले सिराहाका एसपी प्रमोद भारतीलाई कारबाही गरेको छ । एसपी भारतीको विषयमा दृष्टिले पटक–पटक समाचार प्रकाशित गरेपछि हेडक्वार्टरले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । केही दिनअघि उनलाई नसिहतको कारबाही भएको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

हलचोकस्थित सशस्त्रको हेडक्वाटरले उनलाई कारबाही गरेको भएपनि त्यसलाई बाहिर ल्याउन चाहेको छैन । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिराहमा कार्यरत सशस्त्र प्रहरीका एसपी भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्कालाई गत असोज १६गते नै छानबिनका लागि तानिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहा नगरपालिका १५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी मुख्यालयले सिराहका एसपी र डीएसपीलाई तानेर छानबिन गर्न निर्देशन दिएको थियो ।

सशस्त्र प्रहरीका एसपी भारती र डीएसपी खड्काले तस्करसँगको मिलेमतोमा छाडेको कपडा राजश्वले बरामद गरेको पुष्टि भएपछि भारतीलाई नसियतसहित कारबाही गरिएको हो भने खड्कालाई भने बचाइएको छ ।

सिराहको मार्डरबाट तस्करी गराएका बिओपी मार्डरका अर्का डिएसपी पवन खड्कालाई पनि नसिहतकै कारबाही भएको बुझिएको छ । तर, अर्का डिएसपी रामहरी खड्का भने कारबाहीबाट जोगिएका छ्न् । यता फेसबुकमा संगठनविरुद्ध लेख्ने सइ बाबुराम गैरेले पनि नसिहतको कारबाही भोगेका छन् ।

उनले संगठनविरुद्ध फेसबुकमा लेखेका थिए । संगठनमा अनुशासन नभएको भनेर चिनिने गैरेको दरबन्दी पनि बिगत १० वर्षदेखि रुपन्देही र कपिलवस्तु मात्र हुने गरेको छ ।

ती जिल्लाका बिओपीमा बसेर तस्करी गराउने गरेको आरोप उनिमाथि छ । उनको सरुवा भयो कि शक्ति केन्द्रबाट फोन लगाउने र ती जिल्लाभन्दा बाहिर नजाने चाजोपाजो मिलाउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!