२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २९, २०८०

(एबिसि संचार )                                                                डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।उनका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर भई हाल काठमाडौँ टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ–५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ रु नौ लाख लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ ।डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे–४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।