१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

लागुऔषध सहित २ जना बिरगंजबाट पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

(रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले मिति २०८१/०२/ ०७ गते अन्दाजी २२:०० बजेको समयमा बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई जाँच गर्ने क्रममा उक्त स्कुटीको सिटमुनी लुकाइ छिपाई प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १५१ ग्राम र अफिम जस्तो देखिने पदार्थ १५४ ग्राम फेला परेको हुँदा उक्त लागु औषध र उल्लेखित नम्बरको स्कुटी सहित जिल्ला मकवानपुर उपमहानगरपालिका वडा नाे.३बस्ने बर्ष २९ को समुन्द्र साह र सोहि ठाँउ बस्ने बर्ष २४ को अमीर वानिया व्यक्तिहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा मिति २०८१।०२।०८ गते पर्सा जिल्ला अदालतबाट दिन-५ ( पाँच ) म्याद लिइ थप अनुसन्धान कार्य भैरहेको ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रव्क्ता कुमार बिक्रम थापाले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!