१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

भ्रष्टाचार विरोधी अभियन्ता हुँ भनेर संस्था खोलेर ठगेको आरोपमा ४ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०४, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । गोकर्णेश्वर नगरपालिका भित्र बेथिति एवं भ्रष्टाचार विरूद्ध अभियान २०८० नामकको संस्था गैरकानुनी रूपमा खोलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्।

उनीहरूले संस्था विभिन्न वडाहरूमा खोलेर शाखासमेत विस्तार गरेको प्रहरीको आरोप छ।

विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचार विरोधी अभियन्ता हौं भनेर चिनाउने गरेको एसपी अधिकारीले बताए ।

त्यहाँ उनीहरूले तिमीहरूविरूद्ध भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको, छानबिन गर्न आएको, हिसाबकिताब देखाउ भन्दै सम्बन्धित सूचना मागेको प्रहरीले जनाएको छ।

पदाधिकारी तथा कर्मचारीहरूलाई मुद्दा हालिदिने भनेर धम्क्याउने र आतंक सिर्जना गरी भिडिओ बनाएर अनाधिकृत तवरले रकम समेत असुली गरी ठगी गरेको आरोप छ। भिडिओ हालेर चरित्र हत्या समेत गरेको उनीहरूमाथि आरोप छ। उनीहरूले कति रकम ठगेको भन्नेबारे प्रहरीले खुलाएको भने छैन।

प्रहरी वृत्त बौद्धमा जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!