२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कपिलवस्तु विजयनगर गाउँ कमिटीले वृक्षारोपण गरि ‘जननेता’

Logo
धर्मेन्द्र कुमार कुर्मी प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु विजयनगर गाउँ कमिटीले वृक्षारोपण गरि ‘जननेता’ मदन भण्डारीकाे ७३ औँ जन्म जयन्ती मनाएको छ । ‘रुख, बिरुवा राेपाैँ, वातावरण जाेगाऔँ’ भन्ने मूलनाराका साथ मदन भण्डारीको जन्म जयन्ती मनाइएकाे नेकपा एमाले विजयनगर गाउँ कमिटीले जनाएको छ ।

भण्डारीको जन्म जयन्तीकाे अवसरमा विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ भगीरामपुरकाे चिराई नदीकाे खाली ठाउँमा नेकपा एमाले विजयनगर गाउँ कमिटीले १ हजार ७३ ओेटा सगुवनकाे बिरुवा राेपेर मदन भण्डारीको जन्म जयन्ती मनाइएकाे गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गाेपाल बहादुर थापाले मदन भण्डारीले मुलुककाे निम्ति गरेका याेगदानकाे स्मरण गर्दै भण्डारीकाे विचार र मार्गमा हिड्न आवश्यक रहेकाे बताएका छन् । उनले देश परिवर्तनका लागि सबैले एकताबद्ध हुँदै अघि बढ्नुपर्नेमा जाेड दिएको छ ।

यसैक्रममा उनले संसारम जलवायु परिवर्तनले ठुलाे समस्या निम्त्याएको बताउँदै प्रत्येक घर-घरमा सबैले अनिवार्य रुपमा फलफूल लगायत विभिन्न प्रजातिका विरुवा लगाउनुपर्ने बताए । गाउँपालिका अध्यक्ष समेत रहेका थापाले वृक्षारोपण कार्यलाई अभियानकाे निरन्तरता दिँदै गाउँपालिकालाई हरियाली बनाउँदै लैजाने उनले बताए । उनले उजाड जग्गामा वृक्षारोपण गरि वातावरण जाेेगाउन सबैले लाग्नुपर्नेमा जाेड दिए । राेपिएकाे विरुवालाई संरक्षण गर्न स्थानीयलाई आग्रह गर्दै उक्त क्षेत्रमा तारवार समेत गरिने उनले बताए ।

नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवी प्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चाैधरी, जिल्ला सदस्य लाेक बहादुर थापा, अनवर माेहम्मद मुसलमान, दिपेन्द्र बहादुर महरा, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु, गाउँ कमिटी सचिव, गाेकर्ण प्रसाद सापकोटा, गाउँ कमिटीमा सदस्यहरु लगायत एमालेका जनवर्गीय संगठनका पदाधिकारीहरुकाे सहभागीता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!