२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

न्यूरोडका स्थानीयले काठमाडौँका मेयर बालेन साहको पुत्ला जलाए

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०४, २०८१

 

काठमाडौं । शुक्रबार साँझ न्यूरोडमा पुत्ला जलाएका थिए भने बालेनका विरुद्धमा नारा जुलुस गरेका थिए काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारको कार्य पुन सुरु गरेपछि यहाँका स्थानीय आक्रोसित भएका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि फुटपाथ विस्तार कार्यमा रोक लगाएका थिए । वडा नम्बर २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनको नेतृत्वमा आन्दोलन गरेका स्थानीयले महानगरका मेयरले आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् ।दिउँसो वडा अध्यक्ष महर्जन आफैँ डोजरमापथ चढेर निर्माण कार्य रोकेका थिए । दिउँसो नगर प्रहरी र स्थानीयबीच धकेला धकेल समेत भएको थियो । उनीहरुले सञ्चारकर्मीलाई समेत दुव्र्यवहार गर्दै कुट्ने, क्यामेरामा प्रहार गर्ने तथा खिचिएको फुटेज डिलिट समेत गरिदिएका थिए ।

दिनभर न्यूरोडमा यो सबै भईरहँदा संघीय सरकारले नजरअन्दाज गरेको महानगरले जनाएको छ । संघीय सरकारले सुरक्षामा समेत ख्याल नगरेको मेयर सचिवालयले जनएको छ । आवश्यकताभन्दा निकै कम प्रहरी पठाएर सरकारले असहयोग गरेको सचिवालयका एक सदस्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]