२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन २५, २०८३

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन

*मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन चरणमा विभाजन गरेको छ — बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल मध्यम जोखिम।

बाढीको प्रभाव त्रिशूलीमा करिब ३ मिटर थप बढ्ने र देवघाटमा जलसतह साढे ६ देखि ७ मिटरसम्म पुग्ने अनुमान गरिएको छ।

यसैबीच इलाका प्रहरी कार्यालय मुग्लिनले सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर माइकिङ मार्फत स्थानीयलाई सचेत गराइरहेको छ। नदी किनारका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान र नदी छेउछाउ नजान आग्रह गरिएको छ।

प्रहरीका अनुसार हालसम्म चितवनमा बाढी प्रवेश गरेको छैन तर पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-मलेखु-बेनीघाट खण्डमा सावधानीका लागि सवारीलाई रोक-रोक गरी चलाइएको छ। बाढीको बहाव साँझसम्म सामान्य नहुँदासम्म नदी किनारमा नजान सबैलाई अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]

एजेन्सी । आक्रमणकारीहरूले एक दर्जनभन्दा बढी घरमा आगो लगाएका छन्। शुक्रबार रातिदेखि हिंसा सुरु भएको थियो। त्यसअघि एक कुकी महिलाको गोली हानी हत्या गरिएको घटना भएको थियो। शुक्रबार राति कामजोङ जिल्लाको चसाद गाउँमा हतियारधारी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो। उक्त घटनामा ४२ वर्षीया कुकी महिला डोमखोनी टौथाङको मृत्यु भएको थियो। प्रहरीका एक स्थानीय […]

  गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी […]