२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २५, २०८३

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

*धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन घर हिँडेका हजारौं यात्रु अलपत्र परेका थिए।

नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का अनुसार भित्तातर्फ ब्याक कटिङ गरेर १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइको नयाँ ट्रयाक निर्माण गरिएको हो। ६ वटा एक्साभेटर, लोडर र ब्याकहो लोडर प्रयोग गरेर माटो पन्छाउने र ग्राभेल गर्ने काम सम्पन्न भएपछि आज दिउँसो ३:१० बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

सडक खुला भएपनि त्रिशूली नदीको बहाव अझै उच्च रहेकाले चालकहरूलाई सावधानी अपनाएर यात्रा गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]