२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

आज गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन ०६, २०८१

 

काठमाडौं । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ’गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारी बताउँछन् ।
उनका अनुसार नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । र, हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ र धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन ।

विषेशगरि गुरु पूर्णिमाको दिन सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएकाले पनि यस दिनलाई गुरुहरूप्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी […]

  बुटवल । यात्रु गन्तव्यमा पुग्न सवारी खोजिरहेका छन्, तर बुटवलको राजमार्ग चौराहमा आफ्नो गाडीमा चढाउन यात्रु तानातान गर्ने प्रवृत्ति रोकिएको छैन। यो समस्या आजको होइन, पटक–पटक दोहोरिँदै आएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि, आफ्ना कर्मचारीलाई यात्रुप्रति मर्यादित व्यवहार गर्न लगाउनुहोस्। ट्राफिक प्रहरी, चोकमै हुने यस्तो मनपरी टुलुटुलु हेरेर नबस्नुहोस्, नियम उल्लङ्घन गर्नेलाई कारबाही […]

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]