बुटवल । यात्रु गन्तव्यमा पुग्न सवारी खोजिरहेका छन्, तर बुटवलको राजमार्ग चौराहमा आफ्नो गाडीमा चढाउन यात्रु तानातान गर्ने प्रवृत्ति रोकिएको छैन। यो समस्या आजको होइन, पटक–पटक दोहोरिँदै आएको छ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि, आफ्ना कर्मचारीलाई यात्रुप्रति मर्यादित व्यवहार गर्न लगाउनुहोस्। ट्राफिक प्रहरी, चोकमै हुने यस्तो मनपरी टुलुटुलु हेरेर नबस्नुहोस्, नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुहोस्।
राजमार्ग चौराह यात्रु तानातान गर्ने अखडा होइन ! अब आश्वासन होइन, ठोस कारबाही चाहियो।