२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

एसपी ढुङ्गेलको सफलता अवैध कारोबारमा निगरानी साढे ५३ करोडको अवैध सामान पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०६, २०८१

 

पर्सा । प्रहरीले गत आर्थिक वर्षमा करिब ५३ करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलका अनुसार, प्रहरीले भन्सार छली तथा बिलबीजक नभएका सामानमाथि निगरानी बढाएपछि बरामद हुने समानको संख्या अघिल्लो आवको तुलनामा बढेको छ।

ढुङ्गेलले भने, “प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका सामान बरामदमा उल्लेखनीय वृद्धि भएको छ। चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ भने बिलबीजक अनुसार नभएको सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ।”

पर्सा प्रहरीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा अवैध चोरी–तस्करी र बिलबीजक नभएका कूल ४८ करोड ९ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो। यस्तै, आर्थिक वर्ष २०७८/७९ मा भने २३ करोड ९४ लाख ४६ हजार ८ सय २५ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी […]

  बुटवल । यात्रु गन्तव्यमा पुग्न सवारी खोजिरहेका छन्, तर बुटवलको राजमार्ग चौराहमा आफ्नो गाडीमा चढाउन यात्रु तानातान गर्ने प्रवृत्ति रोकिएको छैन। यो समस्या आजको होइन, पटक–पटक दोहोरिँदै आएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि, आफ्ना कर्मचारीलाई यात्रुप्रति मर्यादित व्यवहार गर्न लगाउनुहोस्। ट्राफिक प्रहरी, चोकमै हुने यस्तो मनपरी टुलुटुलु हेरेर नबस्नुहोस्, नियम उल्लङ्घन गर्नेलाई कारबाही […]

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]