२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

२० देखि ३० बर्ष भित्र बिवाहा नगरे पुरुषहरुमा बाँझोपन बढ्दै : डाक्टर

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०९, २०८१

 

काठमाडौं । लामो समयदेखि निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्दै आएकी प्रजनन् विशेष डा.नेहा हुमागाईंले पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रमबाट समाज बिस्तारै बाहिर निस्कँदै गएको बताउँछिन्।

विश्वभरि नै शुक्रकीटको मात्रा खस्किरहेको र निसन्तानपनको प्रमुख कारण बन्दै गएको उनको तर्क छ।

‘बाँझोपनाको लगभग आधाभन्दा धेरै समस्या पुरुषमा हुन्छ। बाँझोपनको समस्यामध्ये झण्डै ७५ प्रतिशत पुरुषमा हुन्छ। डा.नेहा भन्छिन्, ‘तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। चर्चा भएसँगै पुरुषहरूले पनि बाँझोपनको समस्या स्वीकार गर्न थालेका छन्।’

पछिल्ला केही वर्षयता बाँझोपनको समस्या ह्वात्तै बढेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन्। प्रसूति अस्पतालमा मात्रै गत वर्ष निःसन्तान उपचार कक्षमा ८ हजारभन्दा धेरैले सेवा लिएका छन्। अन्य निसन्तान सेन्टरहरूमा त्यही अनुपातमा सेवा लिनेहरू छन्। बर्सेनि यो संख्या बढ्दो क्रममा छ।

बाँझोपनको बढ्दो समस्या नेपालमा मात्रै होइन, विश्वमै देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नै बाँझोपन विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ। डब्ल्यूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या रहेको देखाएको छ। अर्थात्, ६ जोडीमध्ये एक जोडीमा बाँझोपनको समस्या देखिन्छ। यो समस्या उच्च आय भएका देशमा झन् धेरै देखिएको छ।

बढ्दो बाँझोपनको प्रमुख कारण ढिलो विवाह रहेको डा.नेहा हुमागाईंको भनाइ छ।

‘पछिल्ला दिनमा ढिलो विवाह गर्ने प्रचलनले पनि प्रजनन् क्षमतामा कमी आउन थालेको छ। २० देखि ३० वर्षसम्म बच्चा जन्माउने उपयुक्त उमेर हो,’ नेहा भन्छिन्, ‘तर, अहिले पहिला करिअर त्यसपछि विवाह भन्ने सोच विकास भइरहेको छ। जसले गर्दा युवायुवतीहरू ३०–३५ वर्षमा बल्ल विवाह गर्छन्। यसले गर्दा महिलामा अण्डाको गुणस्तरमा ह्रास आउने र अण्डाको उत्पादन नै कम हुँदै जान्छ।’

धेरै तापक्रममा बस्ने पुरुषमा बाँझोपन देखिने डा। नेहाको भनाइ छ। उनको अनुभवमा खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुषमा अहिले बाँझोपन प्रमुख समस्याको रूपमा देखिएको छ।

‘उच्च तापक्रमका कारणले गर्दा अण्डकोषले वीर्य राम्रोसँग उत्पादन गर्न सक्दैन,’ डा.नेहा थप्छिन्, ‘सहरी क्षेत्रमा काम गर्ने ड्राइभर, कुक लगायत मानिसमा वीर्यको क्षमतामा ह्रास आएको छ।’

केही वर्ष अगाडिसम्म १५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या भएको अनुमान गरे पनि अहिले यो संख्या २५ प्रतिशतबाट उकालो लागेको डा.नेहाको भनाइ छ। नेपालमा अहिलेकै क्रममा विदेश जाने अवस्था रहिरहे बाँझोपनको भयावह अवस्था सिर्जना हुने डा.नेहाको दाबी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]