२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

एआईजी दिपक थापाद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन १७, २०८१

काठमाण्डौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक थापाले विगतमा जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउदै, आगामी दिनहरुमा समेत भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी सफल अनुसन्धान गर्न निर्देशन दिनु भयो । साथै सूचना संकलनमा खटिएका तथा सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नगर्ने समेत बताउनु भयो ।

सोहि क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

error: Content is protected !!