२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बारा प्रहरीले ७१ लाख ६७ हजार बराबरको अबैध समानसहित ट्रक पक्राउ

Logo
रोशन निधी प्रकाशित सोमबार, साउन २८, २०८१

 

बारा । ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट प्र.ब.ना.नि. त्रीभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८१-०४-२८ गते राति अन्दाजी ०१:१०बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको र सपोटीङ बिल नभएको अंन्दाजि मुल्य रू. ७१ लाख ६७ हजार ५ सय ३४ रूपैया बराबरको कस्मेटिक,फैन्सि क्लोथ रेडिमेड, मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी प्रकास सापकोटाले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]