२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

अवरुद्ध कर्णाली राजमार्गको कालिकोट जुम्ला सडक खण्ड संचालनमा आयो

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन २९, २०८१

 

सुर्खेत । अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि एकतर्फी रुपले खुलेको प्रहरीले जनाएको छ । कालिकोटको चौखोलामा गएको पहिरोले कालिकोट–जुम्ला खण्ड अवरुद्ध भएको थियो ।

कर्णाली राजमार्ग खुलेपछि हिजोदेखि बाटोमा अलपत्र यात्रुवाहक र मालवाहक गाडी गन्तव्यतर्फ लागेका छन् । पानी पर्ने बित्तिकै पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ ।

कालिकोटको खाडाचक्र–१० चौखोलानजिकै घरजत्रा ढुंगासहित पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएकामा ३० घन्टापछि खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए । ‘हिजोदेखिको प्रयास बल्ल आज सफल भयो,’ उनले भने, ‘चौखोलामा घरजत्रा ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था रहेकाले सडक खुल्न ढिलाइ भएको हो ।

कालिकोटको चौखोला, टाकुल्ला लगायतका ठाउँको पहिरो पन्छाएपछि सडक सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]