३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

ISIS सँग कसरी नेपाल प्रहरीको डिएसपी हेमबहादुर शाहीको नाम जोडियो प्रहरी हेडक्वार्टरले थाल्यो छानबिन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको ठेगाना कैलाली हो । इन्टरपोलले उपलब्ध गराएको विवरण अनुसार शाहीको पासपोर्ट नं ०९२८३८०४ हो । उनको पासपोर्टमा इन्स्पेक्टर हुँदाकै वखतको इमेल insphemshahi@gmail.com प्रयोग गरिएको छ ।

कान्तिपथलाई प्राप्त विवरण अनुसार, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रुपमा अनुसन्धान थालेको छ ।

उक्त विवरण अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका गरिरहेका तीन नेपालीको पृष्ठभूमिबारे जानकारी गराइदिन आग्रह गरेको हो ।

आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो । महेन्द्रजंग शाह गैर-आवासीय नेपाली संघ, मलेसियाको पुर्व अध्यक्ष भएको बताईएको छ ।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए । हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । उनले तरुण दलका एक कार्यकर्ता सन्दीपजंग शाहसहित छ जनालाई पक्राउ गरेर- तेरो र मेरो वार भयो भाइ…तिघ्रा छेडिदिन्छु भनेको अडिओ सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका थिए।

इन्टरपोलले महेन्द्रजंग शाहको सम्बन्ध रहेको भनेर शंका गरेको अतिवादी संगठन आईएसआईएस हो । आईएसआईएसको पुरा नाम स्लामिक स्टेट अफ इराक एण्ड सिरिया हो । अहिले यसलाई आईएस अर्थात केवल इस्लामिक स्टेट भनेर चिनिन्छ । खाडी मूलुक र अफ्रिकी मूलुकमा आईएसको ठूलो सञ्जाल बिस्तार भइसकेको छ ।

इराक र सिरियाका थुप्रै भागमा कब्जा जमाएको आईएस इजिप्ट, नाईजेरिया लगायतका थुप्रै अफ्रिकी देशमा समेत आफ्नो प्रभूत्व स्थापित गर्न सफल छ । अहिले आईएससँग अन्य थुप्रै संगठनहरु जोडिएका छन् । सन् २००६ मा आईएस आतंककारी संगठन अलकायदासँग जोडिएको थियो । बिन लादेनको हत्यापछि आतंकवादको अन्त्य हुने पश्चिमा विश्वले गरेको दाबी विपरित आईएसको प्रभाव दिन प्रतिदिन बढ्दो छ । इराकमा सद्धाम हुसेनको शासन अन्त्य भएपछि विकसित संकक्रमणका बीच आईएस शक्तिशाली बन्दै गएको हो ।

आईएससँग झन्डै ४० हजार सैनिक रहेको बताइएको छ । त्यसबाहेक आईएसमा अन्य थुप्रै व्यक्ती सहभागि छन् । इराक, सिरिया र अन्य देश समेत गरेर आईएसमा दुई लाखभन्दा बढी व्यक्ति संलग्न रहेको बताइएको छ । सन् २०१४ को जूनमा आईएससँग १५ हजार सैन्य दस्ता रहेको अनुमान लगाइएको छ । एक वर्षभित्र यो संख्या बढेर ४० हजारको आसपास पुगेको बताइन्छ ।

विश्वमा सुन्नी इस्लामिक राज्य खडा गर्ने उद्देश्यमा खुलेका अन्य विश्वव्यापी आतंकवादी संगठनभन्दा निकै छिटो आफ्नो संगठन बढाउन सफल यो अहिले पनि अझै विस्तार हुँदैछ । तालिवान र अलकायदा जस्तै उद्देश्य भए पनि यो संगठन अन्य संगठनभन्दा निकै चुस्त, सांगठनिक र आर्थिक रूपले बलियो र कट्टर देखिएको छ । श्रोत कान्तिपथबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!