२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बलिवुड अभिनेता रजनीकान्तको मुटुको उपचारको लागि अस्पतालमा भर्ना

Logo
Abc Sanchar प्रकाशित बुधबार, आश्विन १६, २०८१

 

काठमाडौं । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्य बारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ ।

रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई सतीशले स्टेन्ट राखेर सुन्निने कामलाई पूर्ण रूपमा बन्द गरिदिएको बताएका छन् ।

बुलेटिनमा थप भनिएको छ, ‘हामी उहाँका शुभचिन्तक र प्रशंसकहरूलाई यो प्रक्रिया योजना अनुसार अघि बढेको जानकारी गराउन चाहन्छौं । रजनीकान्त स्थिर र निको भइरहेका छन् । उनी पनि दुई दिनमा घर फर्कनेछन् ।’

उनलाई सोमबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]