२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

सूचनाको हक मौलिक अधिकार नागरिकले अनिवार्य उपभोग गर्न पाउनुपर्छ महासंघका अध्यक्ष बागचन्द

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

 

दाङ । लमही सूचनाको हकका लागि ( RTi ) राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समिती हालै एक समारोहका बीच गठन भएको छ । बाँके नेपालगञ्ज निवासी बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निर्बिरोध चयन भएका छन् । RTi महासंघ लुम्बिनी प्रदेशको स्तरीय दाङको —देउखुरी लमहीमा सम्पन्न प्रथम महाधिवेशनबाट कर्माचार्य त्यसरी सर्वसम्मत अध्यक्षमा निबिरोध चुनिएका हुन् ।

तत्पश्चात अध्यक्ष कर्माचार्यकाे नेतृत्वमा १७ सदस्यीय लुम्बिनी प्रदेश स्तरीय नयाँ कार्य समिती समेत निर्बिरोध निर्वाचित गरिएको छ । जसको समावेशी उपाध्यक्षमा रुपन्देहीबाट राधा बस्नेत (रिया), खुल्ला उपाध्यक्षमा पाल्पाका दिपक पोख्रेल, महासचिवमा दाङका सन्तोषकुमार गुप्ता,सचिवमा बाँकेका रूद्र सुवेदी, गुल्मीबाट महादेव खरेल र कोषाध्यक्षमा नवलपरासी पश्चिमका पप्पु रेग्मी निर्विरोध निर्वाचित गरिएको सोही निर्वाचन समितिका संयोजक एवम् महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताएका छन् ।

त्यसैगरी सर्वसम्मत निर्बाचित हुने सदस्यहरुमा राकेशकुमार मिश्रा (बाँके), बिजयसिंह भारती (प्यूठान), शरण कर्माचार्य (बाँके), पबित्रा सुवेदी (रूकुम पूर्व), अर्जुन बेल्बासे (कपिलबस्तु), शिबबहादुर एमसी (बिदुर) (दाङ), सोना कुमाल (दाङ), भरत विश्वकर्मा (रोल्पा), सिर्जनाकुमारी थारू (बर्दिया) र गोबिन्दप्रसाद खनाल (अर्घाखाँची) सर्वसम्मत रूपमा चयन भएको कुरा संयोजक तिवारीले जानकारी गराएका छन् ।

उपरोक्त नवनिर्वाचित प्रादेशिक कार्यसमितीले निर्वाचनको लगत्तै नै सपथग्रहण पनि लिएको छ । सोही नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन समितीका संयोजक तथा पूर्व केन्द्रिय उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले सपथ ग्रहण गराएका छन् । निर्वाचन समितिमा महासंघका अभियन्ता तथा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका केन्द्रिय सदस्य आरिफ अन्सारी र महासंघका अर्का अभियन्ता भिमा कँडेल रहेका थिए ।

महाधिवेशन उद्घाटन कार्यक्रममा RTi महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हेमन्त कर्माचार्यको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दको प्रमुख आतिथ्यता रहेको थियोे । साथै महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ पत्रकार बागचन्दले संविधानद्वारा प्रदान गरेको सूचनाको हकलाई आम नागरिकले प्रयोग गर्नेगरी देशैभर अभियन्ता तयार तयारी गर्नु नै महासंघको उद्देश्य रहेको दाबी गरे । हरेक टोल—टोलमा सूचनाको हक माग्ने अभियन्ता तयार भएमात्र महासंघको उदेश्य पूरा हुनेमा पनि विश्वस्त हुन आग्रह समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि रहेका केन्द्रिय अध्यक्ष बागचन्दले हरेक सेवाप्रदायक सरकारी कार्यालय वा सार्वजनिक सरोकार राख्ने संघसंस्थाबाट ब्यापक सूचना लिने काम गरेमात्र देशमा भईरहेको ब्यापक भ्रष्ट्राचार, बिकृति र बिसंगतिको समाप्त हुने जिकिर पनि गरे । देशलाई समृद्धि र सुशासन कायम गर्न अब पत्रकारहरुले मात्र नभई हरेक नागरिकले सूचनाको हक प्रयोग गरेर बढ्दो बेथितिका बिरुद्ध डटेर लाग्न उद्घाेष गरे ।

अभियन्ता पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तब्यबाट शुरु भएको महाधिवेशन उद्धाटन कार्यक्रममा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासंघका अभियन्ता तथा प्रशिक्षक डा. श्रीराम शर्मा, महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समितीका संयोजक अधिबक्ता विश्वजित तिवारी र पब्लिक भ्वाइस नेपाल, लुम्बिनीका अध्यक्ष राधा बस्नेत (रिया) लगायतका बक्ताले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय उपाध्यक्ष बिर्जराज कुशवाहाले गरेका थिए ।

पहिलो बैठक सम्पन्न, सुचना अधिकारी नियुक्त :

सोही अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघ, लुम्बिनी प्रदेश समितीको पहिलो बैठक पनि दाङ—देउखुरीको लमहीमा सम्पन्न भएको छ । बैठकमा महासंघका प्रदेश अध्यक्ष हेमन्त कर्माचार्यको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीको बिशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासंघ लुम्बिनी प्रदेशको सूचना अधिकारीमा सचिव रूद्र सुवेदीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले पदाधिकारी रहेको सचिवालय समिती गठन गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले महाधिवेशन तथा प्रशिक्षण शिविर सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएकोमा महासंघको केन्द्रिय समिती र सभ्य तथा भब्य रुपमा निर्वाचन सम्पन्न गराउन योगदान पुर्‍याएकोमा निर्वाचन समितीलाई धन्यबाद ज्ञापन गरिएको महासंघ लुम्बिनी प्रदेशका महासचिव सन्तोषकुमार गुप्ताले जानकारी गराए । बैठकमा महासंघका केन्द्रिय उपाध्यक्ष बिर्जराज कुशवाहा, अभियन्ता तथा प्रशिक्षक डा. श्रीराम शर्मा र महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष विश्वजित तिवारी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

error: Content is protected !!