२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

यौनलालच युवतीसहित हनीट्र्याप टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन १७, २०८१

 

काभ्रे । यौनलालच देखाई ५० वर्षिय व्यक्तिलाई कोठामा बोलाई अन्य केटाहरु ल्याएर कुटपिट गरी फिरौती रकम पाँच लाख असुली गरेपछि हत्या गरेर लासलाई काभ्रे ल्याएर राख्ने सिन्धुपाल्चोक कि मुख्य योजनाकार २१ वर्षीया युवतीसहित ‘हनीट्र्याप’ टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मृतक काठमाडौँ, कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीको शव असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका–८ को ४९ किलो भन्ने ठाउँमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले विनोदको हत्या भक्तपुरमा भएको र पाँचखाल ल्याएर शव फालिएको पत्ता लगाएको छ ।

खड्गीको हत्याको मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ मा डेरा लिएर बस्ने २१ वर्षीया मनिषा महत हुन ।

खड्गीको अपहरण र हत्यामा संलग्नहरु काठमाडौँ शंखरापुर नगरपालिका – ५ बस्ने वर्ष २२ का सरिन घिमिरे , महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ घर भइ हाल भक्तपुरको कौशलटार बस्ने वर्ष २० का आशिष पासवान , शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ का रिकेश पौडेल र बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ घर भइ हाल काठमाडौँ, कोटेश्वरस्थित महादेवस्थान बस्ने वर्ष १९ का प्रतिक गौतम छन् । हत्यामा संलग्न ३ जना भारतीय नागरिक फरार रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]