२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाँज एकै दिन ५५९ वटा उडान तथा अवतरण

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आश्विन १७, २०८१

 

काठमाडौं । विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज मंगलबारका लागि आन्तरिकतर्फ हेलिकप्टर बाहेक १६९ अवतरण र १७२ उडान तालिका तय गरिएको छ । अन्तर्राष्ट्रियमा ५८ उडान र ५७ अवतरण हुने जनाइएको छ ।

वर्षाले गर्दा अधिकांश राजमार्ग अवरुद्ध भएकाले यात्रुले हवाई उडान रोजेका छन् । यसले गर्दा आन्तरिक उडानका लागि बिहीबारसम्मका टिकट लगभग बिक्री भएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले सबै गन्तव्यका उडान पूर्ण क्षमतामा भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]