२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत हवलदार अनिल कुमार दहाल जेल चलान

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

 

काठमाडौं । चोरी मुद्दाकी पीडितलाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा लगि बलात्कार प्रयास गरेको भन्दै उनी जेल चलान भएका हुन्।

प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिल कुमार दाहाल जेल चलान भएको बताइएको छ। जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलाशले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

स्रोतका अनुसार एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन्। चोरी गर्ने व्यक्ति लैनचौर वृत्तमा रहेको खुलेपछि उनी त्यहाँ पुग्छिन्।

त्यहाँ चोरी आरोपी हुँदैनन् तर उनको भेट हवल्दार दाहालसँग हुन्छ। उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई आफ्नो नम्बर उपलब्ध गराउँछन्।

२९ भदौमा दाहालले ती महिलालाई फोन गर्छन्। चोर पक्राउ परेको भन्दै ठमेलमा आउन भन्छन्। तर, प्रहरी चौकीमा होइन होटलमा।

सञ्चरकोष अगाडिको ड्रंकेन इन प्रालिको ३०१ नम्बर कोठामा लिएर जान्छन्। जहाँ दाहालले आफुसँग जबरजस्ती सम्बन्ध राख्न खोजेपछि भागेको पीडित महिलाको जाहेरी उल्लेख छ।

बयानमा हवल्दार दाहालले महिलालाई होटलमा लिएर गएको स्वीकार गर्छन्। तर, आफुले शारिरीक सम्बन्ध राख्न खोजेको विषय स्वीकार गरेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

error: Content is protected !!