२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

दाङ जिल्लाका सुरक्षा अधिकारीहरु र पत्रकार बिच अन्तरक्रिया एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Logo
सागर थापा प्रकाशित शनिबार, आश्विन १९, २०८१

 

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा यस कार्यालयका कार्यलय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना ,सशस्त्र प्रहरी बल नं. २९ गण भालुवाङका स.प्र.उ. रमेश कुमार थापा, सशस्त्र प्रहरी बल नं. ४१ गण लमहीका स.प्र.उ. गुणराज न्यौपाने, राष्ट्रिय अनुसन्धान दाङ प्रमुख उ.अ.नि. रमेश सिंह डाँगा, जिल्ला प्रहरी कार्यालय दाङका प्र.ना.उ. इश्वर थापा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी. , सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के. शीतलज्यु लगायत दाङ जिल्ला स्थित संचारकर्मी र सुरक्षा अधिकारीहरु बिच अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]